९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


‘स्ट्रक्चरल इञ्जीनियर’ बालेन्द्र साह काठमाडौंको बने नगरपिता



१३ जेठ ०७९,काठमाडौँ । काठमाडौं महानगरको मेयरमा ‘स्ट्रक्चरल इञ्जीनियर’ बानेन्द्र साह निर्वाचित भएका छन् । नव निर्वाचित मेयर साहले ह्वाइटहाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इञ्जीनियरिङमामा स्नातक र भारतको कर्नाटकबाट स्ट्रक्चरल इञ्जीनियरिङमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन् ।
पछिल्लो समय उनी ‘¥यापर’का रूपमा पनि परिचित छन् । हाल उनी काठमाडौँको वडा नं ९ गौरीगाउँमा बसोबास गर्दै आएका छन् । महानगरका मेयर साहले पूर्वाधार, बाटो, विद्यालय, अस्पताल व्यवस्थापनदेखि शिक्षा सुधार र फोहर व्यवस्थापनबाटै नगरका कामको थालनी गर्ने जानकारी दिएका छन् ।
साथै भौतिक पूर्वाधार निर्माणको योजनासँगै काठमाडौँको सडकका खाल्डाखुल्डी पनि तत्काल पुर्ने कम सुरुआती चरणमा गर्ने उनको भनाइ छ । यसअघि जडान भएको सिसीटिभीलाई मर्मतसम्भार गर्दै सहरी सुरक्षाको लागि तत्काल १० हजार सिसीटिभी जडान गर्ने पनि उनको तत्काल सुरुआती काम पर्ने छ ।
उनले सरसफाइ, खानेपानी, यातायात साधनलाई वैज्ञानिकरूपमा सञ्चालन गर्ने, फोहरको दीर्घ समाधान, अव्यवस्थितरूपमा सहरलाई कुरुप पार्ने गरी यत्रतत्र छरिएको तारको व्यवस्थापन, सार्वजनिक शौचालयमा नागरिकलाई सहजताजस्ता सामान्य तर आवश्यक गर्नका लागि सम्बन्ध भएका निकायसँग समन्वय गरी काम गर्ने भनाइ छ ।
काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपप्रमुखमा नेकपा (एमाले)का सुनिता डङ्गोल विजय भएका हुन् । नवनिर्वाचित साहले प्रतिस्पर्थी नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहलाई २३ हजार ४ सय २६ मतले पछि पार्दै ३२ वर्षीय साह संघीय राजधानी काठमाडौँको महानगर प्रमुख निर्वाचित भएका हुन् ।
साहले ६१ हजार ७ सय ६७ मत प्राप्त गर्दा सिंहले ३८ हजार ३ सय ४१ मत प्राप्त गरेकी छिन् । एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार १ सय १७ मत प्राप्त गरी तेस्रो स्थानमा सीमित भए ।
महानगरको उपप्रमुखमा एमालेका उम्मेदवार डङ्गोलले निकटतम प्रतिस्पर्थी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठलाई ४४ हजार ८ सय ६ को भारी मतान्तारले पछि पार्दै विजय भइन् । नव निर्वाचित डङ्गोलले ६८ हजार ६ सय १२ मत प्राप्त गर्दा श्रेष्ठले २३ हजार ८ सय ६ मतमा सीमित भए ।
महानगरको मेयर पदका लागि विभिन्न दल र स्वतन्त्र गरी ५६ र उपप्रमुखमा ३५ जानको उम्मेदवारी परेको थियो । महानगरका ३२ वडा र मेयर उपमेयरसहित १६२ जनप्रतिनिधि रहनुपर्ने भए पनि वडा नं २४ र २५ मा दलित महिला सदस्यको उम्मेदवारी नपरेको हुनाले १६० प्रतिनिधि रहनेछन् ।
महानगरकाका ३२ वडामध्ये १९ मा कांग्रेसका उम्मेदवार वडाध्यक्ष पदमा निर्वाचित भएका छन् भने १२ वडामा एमालेको उम्मेदवार अध्यक्षमा विजयी भएका छन् । वडा नं १५ मा एकीकृत समाजवादीका प्यानलसहित ईश्वरमान डङ्गोल विजय हात पारे । उनी महानगरको पूर्व नगर प्रवक्तासमेत थिए ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको गणना ३१ गते शनिबारबाट सुरु गरी १३ दिनपछि जिल्ला निर्वाचन कार्यालय काठमाडौँले मेयर–उपमेयरसहितको अन्तिम मत परिणाम सार्वजनिक गरेको हो । उक्त निर्वाचनका लागि कामपामा मात्रै १सय ५६ स्थल र ३ सय ६३ केन्द्र तोकिएको थियो । यहाँ तीन लाख २ सय ४२ मतदाता रहेको भने पनि करिब एक लाख ९० हजार ९ सय ६२ ले मात्र मतदान गरेको जिल्ला निर्वाचन कार्यालयको भनाइ छ । यसमा सात हजार ६ सय ८२ मत पूर्ण बदर भएको बताइएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ८ : ११ बजे