२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


झण्डै तीन वर्षपछि स्वर्णद्वार र तलेजु सर्वसाधारणका लागि खुला



१३ जेठ ०७९, भक्तपुर। बन्द भएको ३० महिनापछि भक्तपुरको प्रसिद्ध स्वर्णद्वार र तलेजु सर्वसाधारणका लागि खुला गरिएको छ ।

कोभिड–१९ को महामारीका कारण २०७६ साल चैतदेखि नागरिकका लागि बन्द भएको भक्तपुरको दरबार स्क्वायरमा रहेको स्वर्णद्वार र त्यसभित्रको भक्तपुर तलेजु हिजोदेखि नागरिक लागि खुला गरिएको भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले बताए ।

कोरोना भाइरस सङ्क्रमण सुरु भएपछि भाइरसको जोखिमलाई मध्यनजर गर्दै बन्द गरिएको थियो ।

स्वर्णद्वारबाट प्रवेश गरेर भक्तपुर तलेजु, सुन्धारालगायतका ऐतिहासिक एवम् पुरातात्विक संरचना हेर्न भक्तपुर भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलेसमेत प्रवेश पाएको उनले बताए ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ९ : ५७ बजे