१५ कार्तिक २०८१, बिहिबार | Thu Oct 31 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं महानगरका मेयर बालेर र उपमेयर सुनिताले लिए नेपाल भाषामा पद तथा गोपनियताको सपथ




१६ जेठ ०७९, काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले नेपाल भाषामा पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृत काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार खतिवडासँग मेयर साहलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । उनले नेपाली भाषामा सपथ लिए लगत्तै नेपाल भाषामा सपथ लिएका हुन् ।
मेयर साहले सुरुमा नेपाली भाषामा सपथ लिएका थिए भने त्यसपछि नेपाल भाषामा सपथ लिएका थिए । त्यस्तै, नवनिर्वाचित उपमेयर सुनिता डंगोलले नेपाल भाषामा समेत पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छिन् ।
उपमेयर डंगोललाई मेयर साहले सपथ ग्रहण गराएका हुन् । उपमेयर डंगोलले भने नेपाल भाषामै सपथ लिएकी हुन् । मेयर साहले नेपाली भाषामा सपथ ग्रहण गराउँदा डंगोलले नेपाल भाषामा सपथ लिएकी हुन् ।
मेयर साहले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित वडाध्यक्ष, नगर कार्यसमिति सदस्यहरूलाई समेत पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । न्युज कारखाना

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  १२ : ४१ बजे