१३ पुस २०८२, आइतबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


लेलेमा एक युवक मृत फेला



१७ जेठ ०७९,ललितपुर । ललितपुरको गोदावरी नगरपालिका ६ लेलेमा एक युवकको शव फेला परेको छ।

स्थानीय पिआइए पार्क नजिकै सडक छेउमा खनिएको ढलको खाडलमा गोदाबरी ११ का ३४ वर्षीय विज्ञान देशारको शव फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ। परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक सिद्धी विक्रम शाहका अनुसार खाडमा मोटरसाइकलसहित युवकको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन्।
राति स्थानीय एक होटलमा खाना खाएर घर फर्किने क्रममा उनी दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको शाहले जानकारी दिए।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ९ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।