२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंमा एकैदिन २ हजार २४ जना चालकमाथि ट्राफिक कारवाही




१७ जेठ ०७९, काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार २४ जना सवारी चालकलाई कारवाही गरेको छ ।
ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरुलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १ सय ६६ जना, तिब्र गतीमा सवारी साधन चलाउने ८३ जना, मादप पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने १ सय १६ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ७४ जना रहेका छन् ।
यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ६८ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३० जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४६ जना क्षमता भन्दा बढी यात्रु राख्ने ३२ जना र लेन उल्लंघन गर्ने ३२ जना चालकलाई कारवाही गरिएको कार्यालयले जनाएको छ ।
न्युज कारखाना

 

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  १० : ५४ बजे