२५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


दुर्घटनामा परेको तारा एयरको ट्विनअटरको ब्ल्याकबक्स भेटियो



१७ जेठ ०७९, बेनी । मुस्ताङमा दुर्घटनामा परेको तारा एयरको ट्विनअटरको ब्ल्याक बक्स भेटिएको छ ।
शव संकलन तथा खोजी गर्न गएको टोलीले मंगलबार बिहान ब्ल्याक बक्स फेला पारेको हो । कोवाङ ल्याएको विमानको ककपिट भ्वाइस रेकर्डर (ब्ल्याक बक्स) काठमाडौं पठाउँदै गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।
ब्ल्याकबक्सबाट दुर्घटनाको अन्तिम बेलासम्म चालक दलबीच भएका कुराकानीसँगै अन्य विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ । दुर्घटनास्थलबाट ब्ल्याकबक्स समेत भेटिएपछि शव र दुर्घटनास्थलमा भेटिएका महत्त्वपूर्ण सामानसहित उद्धारमा खटिएका सुरक्षाकर्मीसमेत फिर्ता भएको प्रजिअ शर्माले बताए ।

मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव संकलन भएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  १२ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।