२५ माघ २०८२, शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मतगणनाकै क्रममा ओली र मेयर बालेनबीच गोप्य भेट



१७ जेठ ०७९, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरको मतगणना चल्दै गर्दा नवनिर्वाचित मेयर बालेन शाहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवासमा पुगेर भेटेको तस्बिर सार्वजनिक भएको छ। यस भेटबारे अहिलेसम्म दुवै पक्षले कुनै पनि कुरा बाहिर ल्याएका थिएनन्।

भेटका क्रममा बालेनको समूहले लिएको तस्बिर मंगलबार मात्र सार्वजनिक भएको हो। यो तस्बिर एमालेकी सांसद शान्ता चौधरीले आफ्नो फेसबुक पेजमार्फत् सार्वजनिक गरेपछि दुई पक्षबीच चुनावी तालमेल भएको हुन सक्ने चर्चा सुरु भएको छ।
चुनावको समयमा बालेन पक्षसँग भेट भएको दुबै पक्षले पुष्टि गरेका छन्।
शान्ताले भनेकी छन्, ‘अर्थपूर्ण भेट। पुर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलि ज्यु र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन बिच भेट, ओलि निवास, बालकोट, भक्तपुर। फेरि पनि बधाई छ बालेन जि।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ७ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।