६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


आज मच्छिन्द्रनाथको रथ तानेर जावलाखेल लगिदै



ललितपुर कुमारीपाटीबाट मच्छिन्द्रनाथको रथ तानिदै । फाइल तस्विर : ललितपुर खबर

१८ जेठ ०७९, ललितपुर । आज ललितपुरको लगनखेल इटिटोलबाट मच्छिन्द्रनाथको रथ तानेर जावलाखेल लगिदै छ ।
गत जेठ १२ गते पाटनस्थित मंगलटोलको मणिमण्डप पाटीमा साइत हेरेपछि कीर्तिकिरण जोशीले जेठ ज्ञ८ गते आज जेठमा रातो मत्छिन्द्रनाथको रथ तान्ने साइत निकालेका थिए ।
मच्छिन्द्रनाथको रथ तान्ने दिन पाटनस्थित कुमारीघरबाट कुमारीलाई कुमारीपाटीको पाटीमा विराजमान गराइन्छ । देशकै लामो जात्रा पाटनमा एक महिनासम्म हषोत्हासका साथ मनाइन्छ ।
साइत अनुसार २१ जेठ शनिबार रातो मच्छिन्द्रनाथको भोटो देखाइने भएको छ । जावलाखेल पु¥याएको चार दिनपछि भोटो देखाइन्छ ।
हरेक वर्ष यस पाटीमा बसेर जोशीहरूले साइत हेर्ने चलन छ । २१ जेठ शनिबारका दिन राष्टपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतको उपस्थितीमा भोटो देखाइनेछ ।
भोटो देखाएपछि मच्छिन्द्रनाथलाई खटमा राखेर बुङमती मन्दिरमा लगिन्छ । बुङमती मन्दिरमा६ राखिन्छ भने पाँच महिना पाटनको मच्छिन्द्रवहालस्थित मन्दिरमा सारिन्छ ।

हरेक १२ वर्षमा भने पाटनबाटै रथ तानेर बुङमति पु¥याउने गरिन्छ । २०७२ सालमा मनाइएको मच्छिन्द्रनाथको १२ वर्षे जात्रा अब २०८४ सालमा मनाइन्छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ६ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।