९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको कीर्तिपुरमा दिउसै सडकमा कुटपिट अनि हत्या




१८ जेठ ०७९, काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका १० बोसिगाउँ बस्ने २९ वर्षीय अरुण खत्रीलाई कुटपिट गरी हत्या गरेको आरोपमा दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
खत्रीको स्थायी ठेगाना उदयपुर तामिल्छा नगरपालिका ८ रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका ३ बाघभैरव बस्ने २६ वर्षीय अजय नापित र २२ वर्षीय सन्तोष महर्जन रहेका छन् ।
सोही नगरपालिका ३ ढल्पास्थित सडकमा उनीहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका अरुणको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । न्युज कारखाना

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  १२ : ०१ बजे