
१८ जेठ ०७९, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीमा पहिचानको सङ्कट आउन थालेको भन्दै चिन्ता प्रकट गरेका छन्। उनले माओवादी र संसदवादी दलबीचको अन्तर मेटिँदै गएको बताए।
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन बुधबार आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी हिजोको जस्तो क्रान्तिकारी नभएको र जनताको सेवक पनि नभएको भान जनतालाई पर्दै गएको उल्लेख गरे। जनतालाई माओवादी जनप्रतिनिधि अझ बढी खराब छन् भन्ने लागेको पनि आफूले बुझेको प्रचण्ड बताउँछन्।
प्रचण्डले पहिलाजस्तै माओवादीले जनतासँगै रहेर खेतीपातीको काम गर्ने, जनता बिरामी पर्दा सहयोग गर्ने र शिक्षाको कुरामा पनि जनताको सेवा गर्ने पार्टी हुनुपर्ने पनि बताए।







प्रतिक्रिया