८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


दरबार हत्याकाण्डको २१ वर्ष पूरा, घटना अझै रहस्यमै



१९ जेठ ०७९, काठमाडौं । नेपालको राजपरिवारको एउटा वंश विनास भएको बिहीबार २१ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै नाश हुने गरी राजपरिवारका १० जनाको एकै ठाउँमा हत्या भएको थियो ।

इतिहासमै डरलाग्दो मानिएको यो घटना भने अझै रहस्यमा रहेको छ । जेठ १९ को शुक्रबारको दिन नारायणहिटी दरबारभित्र राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरु श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको एकै प्रकरणमा हत्या गरिएको थियो ।

घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर राणा र केतकी चेस्टर घाइते भएका थिए । घटनापछि तत्कालीन सरकारद्वारा गठित समितिले छानबिनपछि तयार पारेको प्रतिवेदनले घटना तत्कालीन युवराज दीपेन्द्रबाटै भएको ठहर गरे पनि यसलाई धेरैले विश्वास गरेका छैनन् । अहिलेसम्म त्यो हत्या कसले र किन गर्यो भन्ने यकिन तथ्य बाहिर आउन सकेको छैन ।

वीरेन्द्रको वंश नाश नै नेपालमा राजतन्त्र अन्त्यको कारण बन्न पुग्यो । दरबार हत्याकाण्डपछि माओवादीको शसस्त्र द्वन्द्व र राजनीतिक दलहरुको जनआन्दोलन पछि नेपाल गणतान्त्रिक मुलुक घोषणा भयो । ज्ञानेन्द्र शाह नै नेपालको इतिहासमा अन्तिम राजा बने ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ९ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।