
१९ जेठ ०७९, काठमाडौं । सरकारले असार दोस्रो सातादेखि ५ देखि ११ वर्षका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने तयारी गरेको छ । कोरोनाविरुद्धको खोप लगाउन बाँकी रहेका ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने तयारी भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका प्रमुख डा.सागर दाहालले अबको एक महिना अर्थात् असार दोस्रो सातादेखि ती उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताउनुभयो ।
खोप अभियान विद्यालय तहमै सञ्चालन गरिने तयारी सरकारको योजना छ ।







प्रतिक्रिया