२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


जिल्ला समन्वय समितिका फुयाल र थिङले लिए सपथ



१९ जेठ ०७९, काठमाडौं ।  ललितपुर जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखले पद तथा गोपनियताको सपथ लिएका छन् । मुख्य निर्वाचनको कार्यालय ललितपुरका निर्वाचन अधिकृत किरणप्रसाद शिवकोटीले पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।
प्रमुख ऋषिदेव फुयाँल समितिमा निविरोध निर्वाचित भएका हुन्। मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार गठबन्धनको तर्फबाट नेपाली काँग्रेसबाट ऋषिदेव फुयाँलको मात्रै उम्मेदवारी परेको थियो ।
उपप्रमुखमा भने नेकपा माओवादीका नेता रामलाल थिङको मात्रै उम्मेदवारी परेको छ । उनी पनि उपप्रमुखमा निविरोध निर्वाचित भएका छन् । मुख्य निर्वाचन कार्यालय ललितपुरका निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले निर्वाचन मनोनयनको अन्तिम समयावधिसम्म नौ वटा पदमा नौ जनाको मात्रै उम्मेदवारी परेकाले सबै निर्विरोध बताए । उम्मेदवारहरु निविरोध निर्वाचित भएको भए पनि घोषणा भने भइनसकेको बताए ।
उनले भने, ‘अपरान्ह १ बजे घोषणा हुन्छ । २ बजे शपथ ग्रहणको कार्यक्रम छ । उम्मेदवारहरु निविरोध भएको भए पनि निर्वाचन प्रकृया भने अझै बाँकी नै छ ।’
खुल्ला सदस्यमा कांग्रेसका हरिहर कार्की, दिनेश घोर्साइने र माओवादीका साधुराम श्रेष्ठ निर्वाचित भएका छन्।
अल्पसंख्यकमा कांग्रेसकै सुबेरबहादुर पहरी,महिला सदस्यमा माओवादी केन्द्रकी शोभा महर्जन,कांग्रेसकी गीता खड्का र शोभा कार्की निर्वाचित भएको नेपाली कांग्रेस ललितपुरका प्रवक्ता सन्तोषराज केसीले जानकारी दिए । जिल्लाको ७१ वडा मध्ये ३८ वटा वडामा नेपाली कांग्रेस विजयी भएको थियो । नेकपा माओवादीले वागमती,महाँकालको उपप्रमुख जितेको थियो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ४ : ०१ बजे