
१९ जेठ ०७९, काठमाडौं । आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको ९एन एइटी ट्वीनअटर विमान दुर्घटनामा ज्यान गुमाएका २२ मध्ये ११ जनाको शव परिवारलाई हस्तान्तरण गरिएको छ ।
बिहीबार टिचिङ शिक्षण अस्पताल महाराजगञ्जमा शवहरुको पोस्टमार्टमपछि धनुषाका एकै परिवारका सात जना र भारतीय नागरिकहरुको शव परिवारलाई हस्तान्तरण गरिएको हो । अब पाइलट प्रभाकर घिमिरेसँगै ११ जनाको शव बुझाउन बाँकी रहेको छ ।
यसैबीच आइतबार तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका धनुषाका एकैपरिवारका सात जनाको स्वयम्भू क्षेत्रमा सामूहिक अन्त्येष्टि गरिएको छ।
दुर्घटनास्थलबाट शव संकलन गरी त्रिवि अस्पतालमा ल्याएर पोष्टमार्टम सम्पन्न भएपछि शव परिवारलाई बुझाइएको थियो।
दुर्घटनामा परी धनुषाको लोटा बस्तीका ७३ वर्षीय मकरबहादुर तामाङ, पत्नी ७१ वर्षीया सुकमाया तामाङ, दिदी–भिनाजु ७५ वर्षीया राममाया गोले, ७६ वर्षीय इन्द्रबहादुर गोले र भाञ्जा ४५ वर्षीय राजन गोले, तुलसादेवी तामाङ र पुरुषोत्तम गोलेको पनि मृत्यु भएको थियो।
अन्तिम संस्कारमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पुगेर पार्टीको धनुषा जिल्ला कमिटीका सदस्य रहेका राजन गोलेको शवमा पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए ।







प्रतिक्रिया