६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


रातो मच्छेन्द्रनाथको जात्रामा सांग्रिला डेभलपमेन्ट बैंकको सहकार्य



१९ जेठ ०७९, ललितपुर । ललितपुर जिल्ला पाटनमा प्रत्येक वर्ष मनाइने रातो मच्छेन्द्रनाथको जात्रामा सांग्रिला डेभलपमेन्ट बैंक लि. द्वारा रथ तान्ने भक्तजनहरुलाई २०० (दुई सय) थान टिसर्ट सांग्रिला डेभलपमेन्ट बैंक लि., कुमारीपाटी शाखामार्फत वितरण गरेको छ ।
ललितपुरको विभिन्न स्थानहरु हुँदै जावलाखेलमा भोटो देखाई मिति २०७९ साल जेष्ठ २१ गते समापन हुने उक्त जात्रामा सहभागी भक्तजनहरुलाई २०७९ साल जेष्ठ १९ र २० गते जावलाखेल चोकमा सांग्रिला डेभलपमेन्ट बैंकले निःशुल्क पिउने पानी वितरणको व्यवस्था गरिएको बैंकले जानकारी गराएको छ ।

यस बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाका कारण मुलुकभर ११२ शाखा कार्यालयहरु, ३२ एटियम साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ४ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।