१३ पुस २०८२, आइतबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मूलपानीमा झुन्डिएर भुईँमा खसेको अवस्थामा युवकको शव फेला



२० जेठ ०७९, काठमाडौं । काठमाडौंको मूलपानीमा एक युवक मृत भेटिएका छन् । काँडाघारी स्थित मोटरसाइकल वर्कशपमा कार्यरत बाजुरा घर भएका २२ वर्षीय धर्मराज शाही मृत अवस्थामा भेटिएका हुन् ।​ मूलपानीमा पैंयुको रुखमा पासो लागेर झुन्डिँदा भुईँमा खसेको अवस्थामा बिहिबार उनको शव भेटिएको थियो । युवकका आफन्तहरुले घटना शंकास्पद भएको दावी गर्दै अनुसन्धान गर्न माग गरेका छन् ।
प्लाष्टिक र कपडाले गाँसिएको डोरी चुँडेको अवस्थामा भेटिएको छ । शव पोष्टमार्टमका लागी पाटन अस्पतालमा पठाइएको छ ।

 

 

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  १२ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।