६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं महानगरले सोमबारदेखि कल सेन्टर सञ्चालन गर्ने



२० जेठ ०७९, काठमाडौं ।  काठमाडौं महानगरपालिकाले सोमबारदेखि कल सेन्टर सञ्चालनमा ल्याउने भएको छ । महानगरभित्रका पूर्वाधार विकास, ढल मर्मत, बजार अनुगमन, शिक्षा स्वास्थ्यलगायत समस्या र महानगरबासीका अन्य गुनासो सुन्न सोमबारदेखि कल सेन्टर सञ्चालनमा ल्याउन लागिएको हो ।
महानगरका नवनिर्वाचित मेयर बालेन्द्र साहले महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमा एक साताभित्र कल सेन्टर सञ्चालनमा ल्याउने निर्णय गर्नुभएको थियो ।

कल सेन्टरमा आएका गुनासो महानगरका ५० युनिटहरुमा पठाउन सकिने महानगरले जनाएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ७ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।