६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


एक करोड १९ लाख ठगी गर्ने ललितपुर गोदावरीका केसी पक्राउ



२० जेठ ०७९, ललितपुर । करोड बढी ठगी मुद्दाका फरार प्रतिवादी ललितपुर गोदावरी नगरपालिका ४ बडिखेल बस्ने ४८ वर्षीय जीवनकुमार केसीलाई आज प्रहरीले पक्राउ गरेको छ ।
उपभोक्ता हित संरक्षण नेपालको जाहेरीले रु एक करोड १९ लाख ८४ हजार ठगीसम्बन्धी कसूरमा संलग्न रही फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीलेले नयाँ बजारबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ९ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।