२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


फ्रान्समा मंकीपक्सबाट संक्रमित हुने ५१ जना पुगे




एजेन्सी
२१ जेठ ०७९, पेरिस । फ्रान्समा मंकीपक्सका ५१ जना संक्रमित भेटिएका छन् । विश्वभर मंकीपक्सका संक्रमित बढिरहेका बेला फ्रान्समा पनि बढेका त्यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन् ।
युरोपेली देश फ्रान्समा मंकीपक्सको पहिलो संक्रमण मे महिनामा देखिएको थियो । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार विश्वभर मंकीपक्स संक्रमणका ७०० केस देखिएका छन् ।
फ्रान्समा संक्रमितमध्ये सबै जना पुरुष छन् । उनीहरु २२ देखि ६३ वर्ष उमेर समूहका छन् । उनीहरुमध्ये एक जनालाई मात्र अस्पताल भर्न गरिएको थियो । उनी संक्रमणमुक्त भएपछि डिस्चार्ज भइसकेका छन् ।
हल्का ज्वरो, मांसपेशी दुख्नु, थकान महशुस, हातखुट्टा र अनुहारमा राता फोका आउनु यो रोगका लक्षण हुन् । मध्य तथा पश्चिमी अफ्रिकामा यसले महामारीको रुप लिए पनि युरोप र उत्तर अफ्रिकामा भने संक्रमण सामान्य देखिएको छ ।

 

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  ८ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।