२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं महानगरको बैठकमा कुलमान घिसिङ सहभागी, समन्वय गरेर काम गर्ने




२१ जेठ ०७९, काठमाडौं । काठमाडौं महानगरको बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपप्रमुख सुनिता डङ्गोल, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाल दूरसञ्चार प्राधिकरण, सडक विभाग र मेलम्ची खानेपानी आयोजनाका प्रतिनिधिबीच बैठक बसी समन्वयमा का मगर्ने निर्णय गरेका छन् ।
काठमाडौँ महानगरपालिकाभित्र विकास निर्माण र भौतिक पूर्वाधारको काम गर्दा तीनै तहका सरकारी निकायद्वारा समन्वय गरेर मात्रै काम कारबाही अघि बढाउने निर्णय भएको हो ।
शुक्रबार राति अबेरसम्म काठमाडौं महानगरको प्रमुख बालेन्द्र साहको संयोेजकत्वमा बसेको बैठकले महानगरमा हुने विकास निर्माणका जति पनि कामको लागि सम्बद्ध सबै निकायले साझा उपाय अबलम्वन गर्ने गरी अघि बढ्नुपर्ने निर्णय गरे ।
बैठकले आगामी महिनाबाट प्रत्येक पहिलो सोमबार दिउँसो ३ बजे महानगरको प्रमुखको अध्यक्षतामा बैठक बसी महानगरभित्रका निर्माण तथा सेवा प्रवाहको बारेमा सम्बन्ध भएका निकायले जानकारी गराउनुपर्ने निर्णय गरेको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिएकी छिन् ।

 

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  ९ : ०७ बजे