२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


जवलाखेलमा आज मच्छिन्द्रनाथको भोटो देखाइने, शनिबार पनि सरकारले भन्यो ‘विदा’




ललितपुर खबर
२१ जेठ  ०७९, ललितपुर । आज ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइने भएको छ । पाटनस्थित मंगलटोलको मणिमण्डप पाटीमा साइत हेरेपछि कीर्तिकिरण जोशीले २ आज १ जेठमा रातो मत्छिन्द्रनाथको भोटो देखाउने जात्रा साइत निकालेका थिए ।
गतबुधबार १८ जेठ बुधबारका दिन लगनखेलस्थित इति टोलबाट रथ तानेर जावलाखेल पु¥याएको आज चार दिनपछि भोटो देखाउन लागिएको हो ।
हरेक वर्ष यस पाटीमा बसेर जोशीहरूले साइत हेर्ने चलन छ ।
आज राष्टपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतको उपस्थितीमा भोटो देखाइनेछ ।
भोटो देखाएपछि मच्छिन्द्रनाथलाई खटमा राखेर बुङमती मन्दिरमा लगिन्छ । बुङमती मन्दिरमा६ राखिन्छ भने पाँच महिना पाटनको मच्छिन्द्रवहालस्थित मन्दिरमा सारिन्छ ।
हरेक १२ वर्षमा भने पाटनबाटै रथ तानेर बुङमति पु¥याउने गरिन्छ । २०७२ सालमा मनाइएको मच्छिन्द्रनाथको १२ वर्षे जात्रा अब २०८४ सालमा मनाइन्छ ।
भोटो जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा विदा दिने चलन अनुसार गृह मन्त्रालयले आज विदा दिने घोषणा गरेको छ । यद्यपी आज शनिबार हो । शनिबार र आइतबार सार्वजनिक विदा भएको अवस्थामा विदा घोषणा गर्नु जरुरी नरहेको भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरिएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  १० : ११ बजे