२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


पाकिस्तानमा ग्यासको मूल्य ४५ प्रतिशत बृद्धि, विजुलीको शुल्क पनि बढ्यो



प्रतिकात्मक तस्बिर

इस्तानबुल । पाकिस्तानमा एलपी ग्याँसको मूल्यमा भारी बृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बृद्धि भएकाले ग्याँसको पनि मूल्य बृद्धि गर्नु परेको पाकिस्तानका सरकारी अधिकारीहरुले जनाएका छन् ।

पाकिस्तानको तेल तथा ग्याँस नियमन प्राधिकरणले ग्याँसको मूल्य बृद्धि गर्न उत्पादकहरूलाई अनुमति दिएको हो ।

प्राधिकरणले पाकिस्तानको कराँचीस्थित पाकिस्तानी प्राकृतिक ग्यास कम्पनी एसएसजीसी ग्यासको मूल्यमा ४५ प्रतिशतसम्म बृद्धि गर्दा अहिले विक्रि मूल्य १००७ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । नयाँ तय गरिएको मूल्य जुलाई १ देखि मात्रै लागू हुने पनि प्राधिकरणले जनाएको छ ।

त्यसैगरी विद्युत महशुलमा पनि बृद्धि गरिएको छ । विद्युत प्राधिकरणले प्रति युनिट विद्युतमा ७.९१ प्रतिशत बृद्धि गरिएको जनाएको छ ।

दैनिक उपभोग्य ग्याँस र विजुलीको मूल्य बढेकोप्रति आम नागरिकले आक्रोश व्यक्त गरेका छन् । उनीहरुले दैनिक उपभोग्य पदार्थको मूल्य बृद्धि गर्दा आम नागरिकको दैनिक जीवनमा नै नकारात्मक असर परेको भन्दै मूल्य बृद्धि फिर्ता लिन माग पनि गरेका छन् ।

एएनआई

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  ३ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।