२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


जावलाखेलमा राष्ट्रपतिको उपस्थितिमा मच्छिन्द्रनाथको देखाइयाे भोटो (फोटोफिचर)



२१ जेठ ०७९, ललितपुर।  ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइएकाे छ । पाटनस्थित मंगलटोलको मणिमण्डप पाटीमा साइत हेरेपछि कीर्तिकिरण जोशीले २१ जेठमा रातो मत्छिन्द्रनाथको भोटो देखाउने जात्रा साइत निकालेका थिए ।

गतबुधबार १८ जेठ बुधबारका दिन लगनखेलस्थित इति टोलबाट रथ तानेर जावलाखेल पु¥याएको आज चार दिनपछि भोटो देखाउन लागिएको हो ।

हरेक वर्ष यस पाटीमा बसेर जोशीहरूले साइत हेर्ने चलन छ । आज राष्टपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतको उपस्थितीमा भोटो देखाइएकाे छ ।

भोटो देखाएपछि मच्छिन्द्रनाथलाई खटमा राखेर बुङमती मन्दिरमा लगिन्छ । बुङमती मन्दिरमा६ राखिन्छ भने पाँच महिना पाटनको मच्छिन्द्रवहालस्थित मन्दिरमा सारिन्छ ।

हरेक १२ वर्षमा भने पाटनबाटै रथ तानेर बुङमति पु¥याउने गरिन्छ । २०७२ सालमा मनाइएको मच्छिन्द्रनाथको १२ वर्षे जात्रा अब २०८४ सालमा मनाइन्छ ।

तस्बिरः रासस

 

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  ६ : ४७ बजे