२१ जेठ ०७९, ललितपुर । वर्षा र सहकालका देवताको रुपमासमेत परिचित मच्छिन्द्रनाथको जात्रा शनिबार जावलाखेलमा भोटो देखाएसँगै समाप्त भएको छ ।
यस जात्रामा राष्ट्रपति विद्यादेवि भण्डारी उपराष्ट्रपति नन्दबहादुर पुनलगायत विशिष्ठ व्यक्ति सहभागी भोटो जात्रामा सहभागी भएर अवलोकन गरेका छन् ।
जावलाखेल सडकमा सर्वसाधारणको भीडका बीच भोटो देखाइएको थियो ।
गत बुधबार लगनखेलबाट तानेर ल्याएको रथ ४ दिनपछि आज भोटो देखाइएको हो । गत जेठ १२ गते पाटनमा साइत हेरेर यो शुभ मुर्हत निकालिएको थियो ।
देखाएपछि मच्छिन्द्रनाथको मूर्ति खटमा राखेर बुङमतीस्थित मन्दिरमा लगिएको छ । भोटोजात्राको क्रममा लगनखेल कुपण्डोल सडक ३ बजेदेखि ६ बजेसम्म अवरुद्ध भएको थियो ।
प्रतिक्रिया