८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


यात्रुबाहक बस खोलामा खस्यो, नौ जनाको मृत्यु



रुपन्देहीको रोहिणी पुलबाट जनकपुरबाट भैरहवा आउदै गरेको बस दुर्घटना हुदा ९ जनाको मृत्यु भएको छ । हाल २३ जनाको भैरहवाको मेडिकल र भीम अस्पतालमा उपचार शुरु भएको छ ।लु २ ख ३८४१ नम्बरको बस दुर्घटना भएको हो । लेन्स : नरेश के.सी/रासस

२२ जेठ ०७९, भैरहवा । भैरहवा परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रुबाहक बस खस्दा नौ जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् ।ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नंको बस आज बिहान करिब पौने ५ बजे रोहिणी पुलबाट खोलामा खसेको हो ।
चौतीस जना यात्रु सवार बस खोलामा खस्दा घाइते भएकाहरूको भैरहवास्थित मेडिकल कलेज र भीम अस्पताल भैरहवामा मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  १० : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।