२२ जेठ ०७९, काठमाडौं । चन्द्रागिरीमा साइकल ट्रेलको विकास र विस्तार गरिने भएको छ ।
चन्द्रागिरि राइडर्स क्लबद्वारा आयोजित कार्यक्रममा चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरीले वृक्षरोपणको शुभारम्भ गर्दै वातावरण संरक्षण गर्न नगरपालिकाले उच्च प्राथमिता दिने र नगरलाई हरियाली बनाउन वृक्षरोपणलाई अभियानका रुपमा सञ्चालन गरिने जानकारी दिएका छन् ।
उनले भने, ‘चन्द्रागिरिको थप पर्यटन प्रवद्र्धन गर्न साइकल ट्रेलको विकास र विस्तार गरिने छ ।’ विश्व वातावरण दिवसका अवसरमा चन्द्रागिरि नगरपालिका वडा नं ६ स्थित मातातीर्थमा वृक्षरोपण गरिएको छ ।
नेपालमा ‘दिगो प्रकृतिमैत्री जीवनयापन ः पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस आज मनाइँदैछ ।
प्रतिक्रिया