२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सर्वानाम शिक्षालयका होस्टेल वार्डेनलाई काठमाडौं ल्याइयो, अनुसन्धान सुरु




२२ जेठ ०७९,काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेका जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टल वार्डेनलाई रामेछापबाट पक्राउ परेका काठमाडौं ल्याइएको छ।
शनिबार पक्राउ परेका ती वाडर्नेलाई राति साढे १० बजेतिर काठमाडौं ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

वार्डेनले होस्टेलमा बस्दै आएका तीन छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। यौन दुर्व्यवहार गरेको उजुरीपछि भागेर रामेछाप पुगेका वार्डेनलाई रामेछाप प्रहरीको सहयोगमा पक्राउ गरिएको थियो।

उनलाई हिरासतमा लिएर अनुसन्धान सुरु गरिएको छ। काठमाडौंको जोरपाटीस्थित सर्वनाम शिक्षालयको होस्टेलका वार्डेनलाई पक्राउ नगरिएको भन्दै छात्रा र अभिभावकले शनिबार आन्दोलन गरेका थिए।

 

शिक्षालय अगाडि नाराबाजी गर्दै अभिभावक र छात्राहरूले आरोपी वार्डेनलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका थिए।

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  १२ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।