२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंका ढुंगेधारा ब्यूँताउन बजेट विनियोजन गरिने



२२ जेठ ०७९,काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले काठमाडौंमा रहेका ढुंगेधारा ब्यूँताउन बजेट विनियोजन गरेर प्रयास गरिने बताएका छन्।
ज्येष्ठ शुक्ल षष्ठीका दिनमा नेवाः सभ्यता र संस्कारअनुरूप मनाइने सिथि नखः पर्वको अवसरमा सामाजिक सञ्जालमार्फत एक शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन्।
‘आगामी बजेटमा काठमाडौंमा रहेका सम्पुर्ण ढुंगेधारा जुन निष्क्रिय अवस्थामा छन्, पानीको मुहान सुकेको अवस्थामा छन्,’ उनले अघि भनेका छन्, ‘तिनलाई ब्यूँताउन​ सम्बन्धित शीर्षकमा बजेट विनियोजन गरेर उपयुक्त प्रयास गर्नेछौँ।’

मेयर शाहले काठमाडौँ जसरी मन्दिरको सहरका रूपमा प्रचलित छ, त्यसरी नै काठमाडौँ पाटीपौवा अनि पोखरी, इनार, ढुंगेधारा र कुवाहरूको सहर पनि भएको बताएका छन्। ‘यी सामाजिक सम्पदाको सरसफाइ, मर्मत र जगेर्नाका लागि सिथि नखः पर्वको ठूलो महत्व छ,’ उनले भनेका छन्, हरेक बर्षको ज्येष्ठ शुक्ल षष्ठीका दिन नेवाः सभ्यता र संस्कारअनुरूप सिथि नखः पर्व मनाइन्छ ।’

नेवारहरुको पर्व सिथि नखः मा इनार, पोखरी अनि कुवामा पसेर नै सफा गरिने उल्लेख गर्दै यसो गर्दा पानीका तलका सतह जस्तै हिलो, लेदो लगायत जमेका फोहोर पदार्थहरू माथि आउने बताएका छन्।

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  १ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।