२ माघ २०८१, बुधबार | Thu Jan 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दक्षिण ललितपुर शंखुका विद्यार्थीलाई झोला र स्टेसनरी वितरण




२३ जेठ ०७९,ललितपुर । दक्षिण ललितपुरको शंखुस्थित भुमेथुम्काको भुमेथुम्का आधारभूत विद्यालयमा अध्ययनरत ८५ जना विद्यार्थीलाई विद्यालय झोला तथा स्टेशनरी सामग्री वितरण गरिएको छ ।
श्रीकृष्ण प्रणामी युवा परिषद प्रारम्भिक कमिटी शंखुको आयोजना र युवा परिषद जिल्ला कमिटिको समन्वयमा विद्यालयमै उक्त सामाग्रीहरु वितरण गरिएको हो ।
परिषदले नवनिर्वाचित गाउँपालिका अध्यक्ष कृष्णमान लामा, उपाध्यक्ष राजन प्रसाद घिमिरे तथा वडाध्यक्ष रोहण घलानलाई बधाई सहित सम्मान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै युवा परिषदका निवर्तमान अध्यक्ष तथा काठमाडौँ महानगरपालिकाका सुचना तथा सञ्चार विभाग प्रमुख नवराज ढकालले युवाहरुलाई दुर्व्यसनबाट बाहिर राख्दै सामाजिक सेवाप्रति आकर्षित गराउने र सेवामुखी कामतर्फ लगाउने उद्देश्यका साथ् युवा परिषदको स्थापना भएको बताए । परिषदका केन्द्रिय उपाध्यक्ष कौशल फुँयालले युवा परिषद कुनै दाता बाट नचलेको र सबै सदस्यहरुको सेवाको भावनाबाट नै अघि बढ्दै सामाजिक काममा अघि बढिरहेको बताए। स नवनिर्वाचित गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष कृष्णमान लामाले युवा परिषदको सामाजिक भावनाको उच्च कदर गर्नुपर्ने भन्दै परिषदले आफूहरुलाई गरेको सम्मानले जनताको सेवाप्रति थप जिम्मेवारी बोध भएको बताए।
उपाध्यक्ष राजन प्रसाद घिमिरेले आफू पनि श्रीकृष्ण प्रणामी युवा परिषदको लक्ष्य र उद्देश्यलाई लामो समयको राजनीतिक यात्रामा अनुसरण गर्दै आएको र सफल पनि भएको बताए। एक जनताको प्रतिनिधिको नाताले शंखु प्रणामी मनिरको भवन स्तरवृद्धि तथा धार्मिक जागरण लगायत सामाजिक अभियानका लागि आफू सधैं युवा परिषद जस्ता संस्थाको साथमा रहने उनको भनाई थियो।
वितरण कार्यक्रममा कोञ्ज्योसोम गाउँपालिकाका नवनिर्वाचित प्रमुख कृष्णमान लामा, उपप्रमुख राजन प्रसाद घिमिरे, कोञ्ज्योसोम २ का वडाध्यक्ष रोहण घलान, श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका निवर्तमान केन्द्रिय अध्यक्ष नवराज ढकाल, वर्तमान उपाध्यक्षहरु कौशल फुँयाल,यदु बगाले, जिल्ला कमिटि अध्यक्ष कृष्ण बहादुर खड्का तथा तथा अन्य जिल्ला कमिटि, प्रारम्भिक कमिटिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ११ : ५८ बजे