२५ जेठ ०७९, काठमाडौं । काठमाडौं उपत्यकाका बुधबार ठूलो वर्षा भएको छ । उपत्यकाका सबैजसो ठाउँमा ठूलो पानी पर्ने र केहीबेर रोकिएर पुनः पानी पर्ने सम्भावना रहेको
मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उपत्यकासहित देशभर अझै केही दिन मौसम बदली भइ धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
अहिले नेपालमा मनसुन र स्थानीय वायुुसँगै भारतको उत्तर प्रदेश तथा बिहारमा रहेको पूर्व पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । मनसुन सक्रिय भएर दशेभर फैलने क्रममा रहेकोले पनि पानी पर्ने सम्भावना धेरै हुने महाशाखाल जनाएको छ ।
२५ जेष्ठ २०७९, बुधबार
0
Shares
प्रतिक्रिया