९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको फोहोर बागमती करिडोरमा बिसर्जन




२५ जेठ ०७९, ललितपुर । नुवाकोट बञ्चरे डाँडाका स्थानीय वासिन्दाले फोहोर फल्न अवरोध गरेपछि ललितपुर महानगरपालिकाले बागमती करिडोरमा फोहोर बिसर्जन गरेको छ ।
महानगरपालिकाले सडकबाट फोहोर उठाएपनि बागमती करिडोरमा थुपारिरहेकोे छ । कुपण्डोल पुल नजिक फोहोर थुपारेकाले त्यस क्षेत्रमा दुर्गन्ध फैलिएको छ । फोहोरको थुप्रोबाट बगेको लिचेड सडकसम्म बगेको छ ।
बागमती करिडोरको कुपण्डोल क्षेत्रमा मात्र नभई कुपण्डोल पुल अगाडि पनि ठाउँठाउँमा फोहोर थुपारिएको छ । त्यस क्षेत्रबाट हिँड्ने सर्वसाधारण गन्धका कारण नाकमुख छोप्न बाध्य छन् ।
बञ्चरेडाडाका स्थानीयले फोहोर फाल्न नदिएपछि केही दिनदेखि ललितपुरको फोहोर बागमती करिडोरमा जम्मा गरिएको हो ।

ललितपुर महानगरपालिकाले भित्री सडकमा थुप्रिएको फोहोर उठाए पनि बागमती करिडोरमा भने ठाउँठाउँमा फोहोर थुपारिएको छ । केही फोहोर भने बालकुमारीस्थित फोहोर संकलन केन्द्रमा जम्मा गरिरहेको छ ।

ललितपुरका मेयर चिरीबाबु महर्जनले फोहोर उठ्न नसक्दा समस्या भएको र फोहोर संकलन केन्द्रमा जम्मा गरेर गन्ध नआउने केमिकल छर्किरहेको बताए ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  ९ : १० बजे