२ माघ २०८१, बुधबार | Thu Jan 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


‘फोहोरको समस्या समाधानका लागि ललितपुरका मेयर महर्जनलाई चिठी आयो, तर गएनन्’



२६ जेठ ०७९, ललितपुर । ललितपुरमा मेयर चिरिबाबु महर्जनलाई राजधानीको फोहोरको समस्या समाधानका लागि शहरिविकाश मन्त्रालयको बैठकमा सहभागी हुन चिठी पठाएको भए पनि नगएको खुलेको छ ।
ललितपुरमा आयोजित एक कार्यक्रममा उपमेयर मञ्जली शाक्यले बताए अनुसार २ पल्ट चिठी आए पनि मेयर बैठकमा नगएपछि उनी आफै सहभागी भएकी थिइन् । उनले भनिन्, ‘म शहरीविकाश मन्त्रालयमा आयोजित बैठकमा सहभागी भएर सहमती गरेर फर्केकी छु ।’
मेयरको गौरवशाली योजना राखेर ५ महिनापछि मात्रै पुस्तक प्रकाशन गर्ने खेल हुने गरेको उपमेयर शाक्यले बताइन् । महानगरमा बहुमतमारहेको गठबन्धनको दवदबालाई चिर्न पार्टीको सहयोग आवश्यक पर्ने उनको भनाई थियो ।


सत्तागठबन्धनको बहुमत छ भन्दैमा जस्तो पायो त्यस्तो योजना पार्न नदिने र जनपक्षिय काम गर्न आफू सधै तत्पर रहने उपमेयर शाक्यले बताइन् । ललितपुरमा खानेपानी र फोहोरको समस्या रहेको बताउदै समाधानका लागि आफू ले पहल गरिहेको उनको भनाई छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  १२ : ४३ बजे