९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


मकवानपुर गोल्डकपमा विजय युथ क्लब र विदेशी टोली क्यामरुनको एभिनियर एफसी विजयी



२६ जेठ ०७९, हेटौंडा । कवानपुर फुटबल संघको आयोजनामा हेटौंडामा सञ्चालन भइरहेको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । विहीबार भएको खेलमा घरेलु टोली विजय युथ क्लब र विदेशी टोली क्यामरुनको एभिनियर एफसी विजयी भएसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको हो ।

बिहीबार बिहान भएको खेलमा विजय युथले नवजनजागृति युवा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । बुधबार दिउँसो बर्षाको कारण स्थगित भएको विजय यूथ र सिमराको खेल बिहीबार बिहान खेलाइएको हो । विजय यूथका लागि अमिर श्रेष्ठ, संजोग राई र सुनिल घलानले समान १÷१ गो गरे । सिमराका डिफेण्डरले विजय युथका अमिर श्रेष्ठलाई लडाएपछि प्राप्त पेनाल्टीलाई श्रेष्ठले सदुपयोग गर्न सकेनन् । खेलको म्यान अफ द म्याच विजय यूथका सुनिल घलान भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

त्यसैगरी विहीबार दिउँसो भएको खेलमा क्यामरुनको एभिनियर एफसीले ए डिभिजन टोली चर्च ब्वाइजलाई ४–० ले हराएको हो । चारै गोल पहिलो हाफमा भएको थियो । एभिनियरका लागि बिल्ले, टिम्बा टिम्बा, एब्डेल र सेम सेम समान १÷१ गोल गरेका थिए । दोस्रो हाफमा भने चर्च ब्वाइजले सम्हालिएर खेल्दै सुधारिएको खेल प्रश्तुत गरेका थिए ।

यसअघि भएको क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल एपीएफ क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ भने नेपाल पुलिस क्लबले मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोल अन्तरले हराउँदै सेमिफाइन प्रवेश गरेको हो । शुक्रबारबाट सेमीफाइनल खेल हुनेछ । पहिलो सेमीफाइनल खेल विजय यूथ र नेपाल पुलिस क्लबबीच हुनेछ भने शनिबार दोस्रो सेमीफाइनल आर्मी र एभिनियर एफसी बीचमा हुनेछ ।

३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।
न्युज कारखाना

 

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ७ : ५० बजे