९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीका फरक फरक ठाँउमा ३ जना मृत अवस्थामा फेला



२७ जेठ ०७९, काठमाडौं । राजधानीको काठमाडौं र काभ्रेका फरक फरक ठाँउमा ३ जना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं तारकेश्वर नगरपालिका ६ धर्मस्थली जरङ्खु बस्ने झापा शिवसताक्षी नगरपालिका ७ घर भएकी ३८ वर्षीया कल्पना लिम्बु आफ्नै कोठाभित्र बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ९ राधेराधेस्थित खाली जग्गामा नामथर नखुलेका करिब ३५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका ११ शिखरकटेरिमा यसै ठाउँ बस्ने रोशी गाउँपालिका २ घर भएका ५७ वर्षीय राम बहादुर दमाई बिहीबार मृत अवस्थामामा फेला परेका छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ८ : ४७ बजे