२७ जेठ ०७९, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले दीर्घ रोगीका बिरामीलाई आर्थिक सहयोग गर्ने भएको छ । नगरपालिकाले पालिकाका स्थानीय दीर्घ रोगीका बिरामीलाई मासिक रु पाँच हजार औषधि उपचारवापत आर्थिक सहयोग दिन लागेको हो ।
नगरपालिकाले नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत मिर्गौला प्र्रत्यारोपण गरेको, डायलाइसिस गराइरहेका, मेरुदण्ड पक्षघात भएको र क्यान्सर रोगी भएको बिरामीलाई औषधि उपचारवापत खर्च उपलब्ध गराउने कार्यविधि, २०७८ बमोजिम बिरामीलाई आर्थिक सहयोग गर्ने नगरप्रमुख जीवन खत्रीले जानकारी दिएका छन् ।
प्रमुख खत्रीले दीर्घरोगीका बिरामीले लामो समयसम्म उपचार गरिरहनुपर्ने भएकाले बढी खर्चिलो हुने हुँदा बिरामीलाई आर्थिक भार कम गर्न औषधि उपचार खर्च उपलब्ध गराउने नीतिअन्तर्गत सहयोग दिने बताए । नगरपालिकाले बिरामीलाई सहयोग दिनेका नाम सङ्कलन गर्ने कार्य थालिसकेको प्रमुख खत्रीले बताए ।
प्रतिक्रिया