५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सीतापाइलामा घरको छतबाट खसेर एक युवाको मृत्यु



२९ जेठ ०७९, काठमाडौं । काठमाडौँको सीतापाइलामा घरको छतबाट खसेर एक युवाको मृत्यु भएको छ ।
नागार्जुन नगरपालिका ४ सीतापाइला घर भएका ३७ वर्षीय जीतेन्द्र श्रेष्ठको आफ्नै घरको पाँचौँ तलाबाट खसेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पानी भर्ने क्रममा चिप्लेर घरको छतबाट खसेका श्रेष्ठको उपचारका क्रममा शुभेच्छा अस्पताल सीतापाइलामा मृत्यु भएको जानकारी दिएका छन् ।
घरबाट खसेर गम्भीर घाइते भएका श्रेष्ठलाई अस्पताल पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता मैनालीले बताए ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ५ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।