५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं महानगरले शौचालय प्रयोग गर्न दिनेलाई कर छुट नदिने



२९ जेठ ०७९, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले शौचालय सर्वसाधारण जनताका लागि प्रयोग गर्न दिने सरकारी, निजी संघसंस्थालाई कर छुट दिन नसकिने बताएका छन् । आजको कार्यपालिका बैठकमा उनले शौचालय सर्वसाधारणका लागि प्रयोग गर्न दिन कसैलाई पनि महानगरले जवरजस्ती कर नगरिएको बताए ।

कसैलाई कर छुट दिने कसैलाई नदिने गरी महानगरले भेदभाव गर्न नमिल्ने बताउँदै उनले भने ‘हामीले कर गरेर शौचालय प्रयोग गर्न दिनु भनेको होइन। उहाँहरूले हामी सेवा दिन चाहन्छौं भन्नुभएको हो । उहाँहरूलाई कर छुट दिन सकिन्न। पहिले रेष्टुरेन्टलाई कर छुट दिने भनिएको थियो। तर रेष्टुरेन्टलाई कर छुट दिँदा बैंकलाई दिन सकिन्छ कि सकिन्न भन्ने आउँछ।’

महानगरका तर्फबाट हरेक चार महिनामा ती सार्वजनिक प्रयोग गर्न दिइएका शौचालयमा सरसफाइ सामग्री दिने उनले बताए ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  १ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।