५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरका कल्याण साहुको शव रगताम्य अवस्थामा फेला



प्रतिकात्मक तस्बिर

२९ जेठ ०७९, भक्तपुर । भक्तपुरमा पुरूषको हत्या गरिएको अवस्थामा शव भेटिएको छ । आइतबार बिहान मध्यपुर थिमी नगरपालिका ८ बोडैस्थित लर्डबुद्ध स्कुल अगाडिको निर्माणाधिन टहरामा पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
शव रगताम्य अवस्थामा फेला परेको छ । प्रहरीलाई शव फेला परेको खबरपछि घटनास्थलमा टोली पुगेको थियो।
मृतक मध्यपुर थिमी ८ बस्ने ५१ वर्षीय कल्याण साहु रहेका छन्। उनको टाउकोमा चोट लागेको देखिएको छ।

‘काठको फर्माले टाउकोमा हिर्काएर हत्या गरेको जस्तो देखिएको छ भने घटनास्थल नजिकैबाट रगत लागेका फर्मा पनि भेटिएको छ ।
उनको हत्या गरेको आरोपमा प्रहरीले केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ४ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।