१९ माघ २०८२, आइतबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरका कल्याण साहुको शव रगताम्य अवस्थामा फेला



प्रतिकात्मक तस्बिर

२९ जेठ ०७९, भक्तपुर । भक्तपुरमा पुरूषको हत्या गरिएको अवस्थामा शव भेटिएको छ । आइतबार बिहान मध्यपुर थिमी नगरपालिका ८ बोडैस्थित लर्डबुद्ध स्कुल अगाडिको निर्माणाधिन टहरामा पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
शव रगताम्य अवस्थामा फेला परेको छ । प्रहरीलाई शव फेला परेको खबरपछि घटनास्थलमा टोली पुगेको थियो।
मृतक मध्यपुर थिमी ८ बस्ने ५१ वर्षीय कल्याण साहु रहेका छन्। उनको टाउकोमा चोट लागेको देखिएको छ।

‘काठको फर्माले टाउकोमा हिर्काएर हत्या गरेको जस्तो देखिएको छ भने घटनास्थल नजिकैबाट रगत लागेका फर्मा पनि भेटिएको छ ।
उनको हत्या गरेको आरोपमा प्रहरीले केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ४ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।