१९ माघ २०८२, आइतबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुर साहु हत्याः चारजना पक्राउ



shyam phuyal\lalitpurkhabar, प्रतिकात्मक तस्बिर

२९ जेठ ०७९, भक्तपुर । मध्यपुरथिमि नगरपालिका–८ बोडेमा स्थानीय ५१ वर्षीय कल्याण साहुको आज हत्या भएको छ । हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।
काठको फर्माले हानेर हत्या गरेको अवस्थामा बोडेको लर्डबुद्ध स्कुल अगाडि निर्माणाधीन टहरामा साहुको शव भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । प्रहरीले घटनास्थलबाट रगताम्मे भएको फर्मा बरामद गरेको छ । घटनाबारे अनुसन्धान गरिरहेको पाण्डेले बताए । प्रहरीले साहुको शव परीक्षणका लागि शिक्षण अस्पताल दुवाकोट पठाएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  १० : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।