९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बागमती प्रदुषित गर्ने काठमाडौंबासीले क्षतिपुर्ती दिनु पर्ने तटिय क्षेत्रका बासिन्दाको माग



दक्षिण ललितपुर र वागमती हुँदै बगेको बागमती । लेन्स : सरोज न्यौपाने

३० जेठ ०७९,काठमाडौं । बागमती नदी प्रदुषित गर्ने काठमाडौंबासीले क्षतिपुर्ती दिनु पर्ने माग उठेको छ ।
दुई दशकदेखि बागमती तटिय मकवानपुर, ललितपुर, काभ्रे र सिन्धुली क्षेत्रमा बागमती नदिले पारेको नकारात्मक प्रभावले प्रदुषित भएको बागमतीवासीलाई क्षतिपूर्ति र प्रदुषकलाई हर्जना तिराउन अभियान निरन्तर चलिरहेको बागमती पीडितलाई क्षतिपूर्ति अभियानका अभियन्ता सरोज न्यौपानेले बताए ।
स्थानीय स्तरदेखि सदनसम्म बेला बेलामा बागमती प्रदुषण गर्ने काठमाडौंबासीले पीडितलाई पक्षलाई क्षतिपुर्ति दिलाउन राज्यसंग माग उठ्ने गरेको छ
काठमाडौंको चोभार हुँदै बाग्ने बागमती फर्सीडोल,डुकुछाप, देविचौर,
माल्टा,इपा,प्युटार,घैटार,मन्थली,आस्राङ,गिम्दी,शिखरपुर,च्याउच्याउ,हात्तिसुडे, फापरबारी, हुदै राइगाउँ, भोर्लेनी, पिपल्माडिसम्म अत्याधि प्रदुषित भएर बग्ने गरेको छ । प्रदुषित वागमतीका कारण नदि किनाराका बासिन्दा प्रताडित हुने गरेका छन् ।

प्राप्त क्षतिपूर्तिबाट बगमतीको पानीबाट सिचाइ गरि उत्पादित अर्गानिक तरकारी, फलफुल उत्पादन गर्न अनुदान दिन सकिने र सडक र सिचाइ पश्चात क्षतिपूर्तिबाट प्राप्त केही रकम सिमात बाग्मती ट्रेकिङ रुट बनाउन सकिने अभियन्ता न्यौपाने बताउछन् ।



उनले बागमती नदीको प्रदुषित पानीका कारण धेरै जनता पीडित हुनुपरेकाले आफुले आवाज उठाएको उनले बताए । जनता जागे पछि अहिले जनप्रतिनिधिहरुले समेत यसलाई चुनावी एजेन्डा बनाएर यो बिषयको उठान भएकोउनको भनाई छ । उनले काठमाडौं कति निर्दयी छ भन्नेकुरा काठमान्डौको असली अनुहार बागमती किनारामा देखिने तर्क गरे ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) सांसद कृष्ण प्रसाद दाहालले बागमती खोला प्रदुषण गर्नेले क्षतिपुर्ती दिनुपर्ने बताएका छन ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले बागमती खोला प्रदुषण गर्नेबाट राज्यले जनतालाई क्षतिपुर्ती उपलब्ध गराउन उनले माग गरे ।

काठमाडौं उपत्यका बाहिरिने क्रममा कटुवाल दहमा बगेको प्रदुषित वागमतीको सेतो पानी । लेन्स : ललितपुर खबर

बागमतीको स्वच्छता नभएको कारण असर परेको उनले बताए । काठमाडौंबाट बागमती नदि बगेर मकवानपुर र ललितपुर हुँदै काभ्रे सम्म पुग्दा फोहर लेदो पानी बग्ने गरेको उनको भनाई छ । २० बर्ष अघि बागमती स्वच्छ हुँदा बागमतीमा प्राप्त हुने माछा पनि अहिले लोप भएका छन् । माछा मारेर बागमती खोलाबाट सयौं परिवारको जिविका चलेको थियो । प्रदुषित भएपछि बागमती खोलाको पानी खादा पशु पनि मर्ने गरेको स्थानीय बताउछन् ।
काठमाडौंवासीले बागमती प्रदुषित गरेका कारण मकवानपुर र ललितपुरका जनता र पशुको स्वास्थ्यमा असर परेको प्रति चिन्ता व्यक्त गर्दै सांसद दहालले पीडितलाई क्षतिपुति दिनुपर्ने माग गरे । बागमती प्रदुषित हुँदा मान्छे र पशुको स्वास्थ्यमा प्रतिकुल असर परेको र यो बजेटबाट स्वास्थ्यमा पर्न गएको प्रतिकुल असरप्रति क्षतिपुर्ति दिनुपर्ने उनको माग छ ।

खोला तथा नदी प्रदुषित पार्नेलाई पाँच हजार जरिवानादेखि बिगो बराबरको सजायको व्यवस्था जलस्रोत ऐनमा छ । यसको कार्यान्वयन हुने हो भने काठमाडौं उपत्यकाका अधिकांश घरधनी र उद्योगी व्यवसायी कारबाहीमा पर्छन् र प्रदूषण प्रभावित तल्लो तटीय क्षेत्रका जनतालाई हर्जाना तिर्नुपर्ने हुन्छ । नखाएको विष लागेसरह भएका तल्लो तटीय क्षेत्रका बासिन्दालाई क्षतिपूर्ति दिनेतर्फ कसैको चासो दिएको छैन ।

बागमती नदी मात्रै हैन, यो सभ्यतासँग पनि जोडिएको छ । बागमतीको प्रदूषण कम गर्दै सुधारका लागि वर्षेनी उपत्यका भित्र अरबौ खर्च भैरहेको छ ।

मानव शरिरको रक्त सञ्चार प्राणाली झै नदिहरु धर्तिको जीवन प्रणाली हुन् । काठमाडांैले मकवानपुर, ललितपुर, काभ्रे र सिन्धुलीको त्यही प्रणाली रोगी बनाइदिएको छ ।

पछिल्लो समय वागमती नदि प्रदुण गराउनेहरुबाट बागमती नदिमा मकवानपुर सिन्धुली, मकवानपुर काभ्रे, मकवानपुर ललितपुर जोड्ने पक्की पुलहरु बनाउन आवश्यक रहेको, राजधानी काठमाडौंले दिएको पीडा बिर्साउन बागमती किनारामा राजधानीका विभिन्न स्थानको नाममा पार्कहरु बनाउन सकिने र हरिहरपुर गढी, राइगाउँमा एयरपोर्ट निर्माण आवश्यक भएको चर्चा हुने गरेको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ७ : ५७ बजे