९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


कोटेश्वरमा मध्यराती मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा युवतीको मृत्यु



फाइल तस्बिर

३० जेठ ०७९, काठमाडौं । काठमाडौंको कोटेश्वरमा मध्यराती मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार पाँचथरको मिक्लाजुङ गाउँपालिका ५ घर भई काठमाडौंको काँडाघारी बस्दै आएकी मिनी ट्रकले ठक्कर दिएको ३४ वर्षीय सम्झना राईको मृत्यु भएको प्रहरीले बताएको छ ।

कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको ना५ख २८१९ नम्बरको मिनी ट्रकले आइतबार राति पौने १० बजे जडीबुटीतिरै गइरहेको बा७१प ३०५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा राई सख्त घाइते भएकी र महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा उनको राति नै मृत्यु भएको प्रहरीले बताएको छ ।
ठक्कर दिने मिनी ट्रकका चालकलाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ९ : ४५ बजे