३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ताम्रकार समाजको अध्यक्षमा विनोद ताम्रकार




३० जेठ ०७९, ललितपुर । ताम्रकार समाजको अध्यक्षमा विनोद ताम्रकार निर्विरोधन निर्वाचित भएका छन् । ताम्रकार समाजको चौबीसौं सामूहिक भेला तथा अठारौं साधारणसभाले उनलाई निविरोध निर्वाचित गर्ने निर्णय रेको हो ।
। कार्य समितिमा शम्भु गोविन्द ताम्रकार, दिपेश ताम्रकार, विमल ताम्रकार, विजय ताम्रकार, मनोज ताम्रकार (नसांः), प्रवल ताम्रकार, मिला ताम्रकार, मनोज ताम्रकार (हौगः), सजेश ताम्रकार, निता ताम्रकार चयन भएका हुन् । कार्यसमितिको पद विभाजन एवं रिक्त एक सदस्यको मनोनयन कार्य समिति बैठकबाट हुनेछ ।
ललितपुर महानगरपालिकाले संस्कृति र सम्पदा संरक्षण सम्बद्र्धन संगसंगै स्मार्टसिटीको अवधारणालाई पनि संगै लिएर अगाडी बढने योजना रहेको महानगरका नवनिर्वाचित मेयर चिरीबाबु महर्जनले व्यक्त गरे । उनले गएको कार्यकालमाबाकी रहेको कार्यहरुलाई यस कार्यकालमा पूरागर्ने लक्ष्य लिएको बताए । उनले गएको कार्यकालमा आफूसंग बहुमत नहुंदा समेत महानगरबासीको हितका लागी विभिन्न कार्यहरु गर्दै आइरहेको हाल आफूसंग प्रसस्त बहुमत रहेको हुंदा महानगरबासीहरुको लागी थप कार्य गर्न जोसजांगर रहेको बताए । सो कार्यक्रममा मन्तव्य राख्दै ललितपुर महानगरपालिकाकी नवनिर्वाचित उप मेयर मञ्जली शाक्य बज्रार्चायले महानगरका स्थानिय समाजहरुसंग सहकार्य गरेर अगाडी बढ्ने जानकारी बताइन्े । उनले महानगरका जातिय समाजहरुमा ताम्रकार समाजको विशिष्ट स्थान रहेको बताउंदै ताम्रकार समाजबाट महानगरपालिकाले समेत धेरै कुरा सिक्नुपर्ने बताइन् ।

ताम्रकार समाजका अध्यक्ष रविन्द्रराज ताम्रकारले ललितपुर नगरको कला, संस्कृति, सम्पदाको संरक्षण, सम्बद्र्धनको लागी समाज हिजो पनि लागी परेका भोली पनि लागीपर्ने बताए । उनले नगरमा जनसंख्याका आधारमा ठूला र साना समाजहरु रहेको बताउदै महानगरपालिकाबाट समान व्यवहारको अपेक्षा गरेको बताए । नवनिर्वाचित जनप्रतिनिधीहरुबट आ–आफ्नो समस्या समाधान हुनेमा जनता आशावादी रहेको बताउंदै अध्यक्ष ताम्रकारले ललितपुरका जनप्रतिनिधीहरुले जनआकांक्षा पूरा गर्नेमा विश्वस्त रहेको बताए ।

सो कार्यक्रममा समाजको स्वर्ण जयन्तीको अवसरमा स्थापनाकालदेखि हालसम्म समाजको कार्यसमिति, सल्लाहकार, संयोजकभई कार्य गरेका पैसठ्ठी जवानलाई विशेष सम्मान गरिएको थियो । समाजबाट नवनिर्मित ताम्रकार मंकाः छेँ नामक भवनको समाजका जेष्ठ नागरिक काजी रत्न ताम्रकारबाट उदघाटन गरीएको थियो । साथै सो समारोहमा जेष्ठ नागरिक सम्मान, शैक्षिक सम्मान, दाता सम्मान, स्मारिका बिमोचनलगायतका कार्यक्रमहरु भएका थिए ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ७ : ४६ बजे