३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


उपत्यकामा खानेपानी : मेलम्चीको ठाउँमा अर्को तीन विकल्प



३१ जेठ ०७९, काठमाडौं । बर्खा लागेसँगै काठमाडौंमा मेलम्चीको पानी आउन बन्द भएको छ । पानी आउन बन्द भएपछि सरकारले मेलम्चीको पानीको ठाउँमा अर्को तीन विकल्प रोजेको छ ।

मन्त्रालयगत बजेट छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको मंगलबार जवाफ दिँदै खानेपानी मन्त्री उमाकान्त चौधरीले तीन विकल्पमा छलफल भइरहेको जानकारी दिनुुभयो ।

मन्त्री चौधरीका अनुसार सरकारले मेलम्चीको विकल्पका रुपमा मकवानपुरको सिस्नेरी, ललितपुरको ठोसे र भक्तपुरको महादेव खोलाबाट काठमाडौं उपत्यकामा पानी ल्याउने विषयमा अध्ययन सुरु गरेको छ ।

प्रतिनिधिसभामा मन्त्रालयगत बजेट छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको मंगलबार जवाफ दिँदै मन्त्री चौधरीले  ‘मेलम्ची खानेपानी योजनाको विकल्प र पूरकको रुपमा मकवानपुरको सिस्नेरी खोला, ललितपुरको ठोसे र भक्तपुरको महादेव खोलाबाट काठमाडौं उपत्यकामा पानी आपूर्ति गर्न अध्ययन भइरहेको छ।’

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ७ : ०९ बजे