१९ माघ २०८२, आइतबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


विमानस्थलबाट गोलीसहित युवती पक्राउ



१ असार ०७९, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फबाट एक राण्ड गोलीसहित एक महिला पक्राउ परेकी छिन्।
आन्तरिक उडानतर्फको प्रस्थानबाट एक राउण्ड गोलीसहित सर्लाहीको हरिपुर नगरपालिका–७ कि ३६ वर्षीया किरणकुमारी सिंह पक्राउ परेकी हुन्।
उनलाई मंगलबार विमानस्थल प्रहरीले पक्राउ गरेको हो। सिंहले बोकेको ह्याण्ड ब्यागबाट उक्त गोली बरामद भएको प्रहरीले जनाएको छ।
उनी बुद्ध एअरको उडानमार्फत् काठमाडौंबाट जनकपुर जान लागेकी थिइन्। सो क्रममा एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उक्त गोली फेला परेको प्रहरीले जनाएको छ।
उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १२ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।