ललितपुर खबर
१ असार ०७९, चापागाँउ । दक्षिण ललितपुरको वागमती ३ झाक्रिडाँडामा पिठो पिस्ने मिलमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।
भट्टेडाँडा प्रहरी चौकीका सई राजु नेपालीका अनुसार बुधबार विहान उनकै घरमा रहेको मिल चलाउने क्रममा रामहरि बजगार्ईंको करेन्ट लागेको थियो ।
यो घटना विहान ९ बजे तिर झाक्रिडाँडाको पोखरी चौरमा घटेको सई नेपालीले ललितपुर खबरलाई बताए ।
बजगार्ईंलाई करेन्ट लागेर गम्भिर घाइते अवस्थामा उपचारका लागि आनन्दबन अरुपताल टिकाभैरवमा ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेको महानगरिय प्रहरी बृत्त चापागाँउले ललितपुर खबरलाई जानकारी दिएको छ ।
उनको शव पोष्ट मार्टमका लागि पाटन अस्पताल लगिएको छ ।
प्रतिक्रिया