२ असार ०७९, काठमाडौं । काठमाडौंमा हैजाका बिरामी फेला परेको छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका दुई जना बिरामीमा हैजाको संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी नवराज गौतमले काठमाडौं मोडल अस्पतालबाट दुई शंकापद केस आएको जानकारी दिए ।
बिरामीको पिसीआर ल्याब परीक्षण हुँदै छ ।
गौतमका अनुसार हैजा पुष्टि भएको र लक्षण देखिएका दुबै जनालाई झाडापखाला भएको छ । बिरामीलाई आकस्मिक कक्षमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । उनीहरुलाई अन्तरंग वार्डमा सारेर उपचार गर्ने तयारी छ ।
प्रतिक्रिया