३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मकवानपुर जिल्ला समन्वय प्रमुखमा माओवादीका घलान विजयी



३ जेठ ०७९, मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का ललितकुमार घलान विजयी भएका छन् । विहीबार सम्पन्न निर्वाचनमा घलान १७ मतसहित जिसस प्रमुख पदमा विजयी भएका हुन् । उनले सत्तारूढ गठबन्धनको तर्फबाट उम्मेदवारी भएका थिए ।

त्यस्तै उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)बाट उम्मेदवार बनेका बुद्धिराम डिम्डुङ तीन मतसहित पराजित भएका छन् । यस्तै जिससको सदस्यतर्फ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । महिला सदस्यमा क्रमशः तारा ढुङ्गाना, विष्णुमाया थपलिया र सुमित्रा थिङ निर्वाचित भएका हुन् । उनीहरु तीनै जना नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएको थियो । एमालेबाट उम्मेदवार बनेका बीनाकुमारी थिङ लामालाई तीन मत प्राप्त भएको छ ।

यस्तै खुला सदस्यतर्फ खड्गबहादुर पुलामी, सुवर्ण गोपाली र वीरेन्द्रकुमार लामा निर्वाचित हुनुभएको छ । माओवादी केन्द्रबाट उम्मेदवार बनेका पुलामी र गोपालीलाई १७ मत प्राप्त भएको छ भने नेकपा (एकीकृत समाजवादी) बाट उम्मेदवार बनेका लामालाई १६ मत प्राप्त भएको छ । एमालेका उम्मेदवार तोयानाथ तिमल्सिनालाई भने तीन मत प्राप्त भएको थियो ।

जिससको उपप्रमुख पदमा कांग्रेसका सानुकाजी लुइँटेल र दलित तथा अल्पसङ्ख्यक सदस्यमा एकीकृत समाजवादीकी सुनिता परियार निर्विरोध निर्वाचित भएका छन् ।

 

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ४ : ३६ बजे