३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंबाट सांसदमा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा पत्रकार सुर्य चन्द




४ असार ०७९,काठमाडौं । काठमाडौं महानगरपालिका ७ चाबहिलका स्थायी बासिन्दा पत्रकार, कलाकार तथा समाजसेवी सुर्य चन्दले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट संघीय सांसदमा स्वतन्त्र उम्मेदवारी दिने तयारि गरेका छन् । लामो समय देखि रंग पत्रकरितामा आबद्ध रहेर कलाकारिता समेत गर्दै आएका सुर्य चन्द समाजसेवा समेत गर्दै आएका व्यक्तित्व हुन् ।
’चन्द’ भन्छन राजनीति आफैमा खराब होइन मात्र व्यक्ति र पद्दति खराब भएकोले हामी राजनीतिक फोहोरको दलदलमा फसीरहेका छौं। भ्रस्टचारको भुमरीमा घुमिरहेको हाम्रो समाजलाइ युवा पुस्ताको नयाँ सोच, दायित्व, जोस र जागरले नयाँ नेतृत्वले मात्र निकास दिने उनको ठम्याई छ। हामीसंग यथेष्ट जनशक्ति, युवाशक्ति छ र त्यसलाइ सकारत्मक उर्जामा परिबर्तन गर्दै श्रोत र साधनको सहि उपयोगले हामी आफ्नो समाज र मुलुक निर्माण गर्न सक्षम हुनेछौ भन्ने उनको भनाइ छ। जनचेतनाको कमि, गुण्डाराज, बिदेशीको हस्तक्षेप , नाताबाद र कृपाबाद जस्ता समस्याले गर्दा हामी सधैं गरिबीको रेखामुनि रहेको र रेमिट्यान्सले देशको अर्थतन्त्र धान्छ भन्ने गलत भ्रमले ग्रसित हामिलाइ शिक्षित युवा वर्ग, नयाँ सोच, नयाँ दृष्टि, उर्जाशील नेतृत्वले नेपाल र नेपालीको भबिष्य निर्माण गर्न सक्छ भन्ने सोचका साथ संघीय सांसदमा स्वतन्त्र उम्मेदवारी दिने तयारि रहेको जानकारी गराएका छन।

२०५५ देखि पत्रकारितामा सक्रिय सुर्य चन्द, राजनीतिक दलको बितिष्णाले गर्दा स्वतन्त्र उम्मेद्वारी दिने तयारिमा जुटेको बताउछन् ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ७ : ०२ बजे