९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


सिसडोलमा रंगशाला र पार्क बनाउन चाहेको मेयर बालेनको भनाई



५ असार ०७९, काठमाडौं । महानगरपालिकाका मेयर बालेन शाहले सिसडोलमा रंगशाला र पार्क बनाउन चाहेको बताउनुभएको छ ।

आइतबार बिहान एन्फामा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङसँग भेट गर्दै उहाँले सिसडोलको फोहोर व्यवस्थापन गरी त्यहाँ रंगशाला र पार्क बनाउने चाहना रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो ‘महानगरका क्लबबाट खेल्ने खेलाडी उत्पादन गर्नको लागि सम्बन्धित पक्षसँग सहकार्य गर्दै ग्रासरूट फुटबलका कार्यक्रम सञ्चालन गर्न चाहन्छौं,’ ‘सिसडोलमा रहेको फोहोरलाई उचित ब्यबस्थापन गरेर सुन्दर रंगशाला र पार्क निर्माण गर्न चाहन्छौं।’

नेपाली फुटबलको विकास, विस्तार र कार्यक्रमबारे मेयर बालेनसँग सहकार्य गर्न तयार रहेको नेम्बाङले बताले बताउनु भयो ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  २ : २५ बजे