३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई काेराेनाविरूद्वकाे खाेप दिइने



५ असार ०७९, ललितपुर । ललितपुरमा ५ देखि ११ वर्षसम्मका बालबालिकाहरूलाई काेराेना विरूद्वकाे फाईजर बायाेएनटेककाे खाेप दिइने भएकाे छ ।

स्वास्थ्य कार्यालयका प्रमुख सतिस बिष्टका अनुसार यहि असार ९ गतेबाट १५ गतेसम्म पहिलाे मात्रा र साउनकाे २ गते देखि ८ गतेसम्म लगाउने कार्यक्रम रहेकाे छ ।

खाेप दुई मात्रा २१ दिनकाे फरकमा दिने बताइएकाे छ । जिल्लाका सबै पालिकामा एकै पटक अभियान सुरू हुने छ । याे खापकाे प्रभावकरिता ९१ प्रतिशत रहेको छ । जिल्लाका दुई सयभन्दा धेरै विद्यार्थी रहेका विद्यालयमा खाेप केन्द्र राखिने स्वस्थ्य कार्यालय प्रमुख बिष्टले बताए । याे खाेप लगाउनुअघि साेमबार असार ६ गतेदेखि ८ गतेसम्म स्वास्थ्यकर्मीहरूलाई तालिम दिने कार्यक्रम रहेकाे छ । पहिचानका लागि खाेपमा सुन्तला रंग प्रयोग गरिएको छ । हाेटल, इट्टाभट्टा,सवारीसाधनलगायतमा रहेका वालवालिकाहरूलाई समेत विशेष ध्यान दिएर खाेप कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

 

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  २ : ३२ बजे